सरकारी कोषमा १ खर्ब ९० अर्ब नगद मौज्दात छः राष्ट्र बैंक
वि.सं.२०७९ चैत २८ मंगलवार १६:०१
1.8K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले सरकारीको १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको जनाएको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो ।
मंगलबार चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस अवधिमा संघीय, प्रादेशिक र स्थानीय तह तीन वटै सरकारीको कोषको गरी कूल १ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ नगद रहेको बैंकले जनाएको हो ।
आर्थिक वर्ष २०७९/८० को ८ महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार ७ खर्ब ७९ अर्ब २३ करोड भएको छ ।
समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः रु. ६०८ अर्ब ८४ करोड, रु. ८४ अर्ब २६ करोड र रु. ८६ अर्ब १३ करोड रहेको छ ।
समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) रु. ५८२ अर्ब ७७ करोड भएको छ ।
समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ५ खर्ब २६ अर्ब ४७ करोड र गैर कर राजस्व तर्फ ५६ अर्ब ३० करोड परिचालन भएको बैंकले जनाएको छ ।
वि.सं.२०७९ चैत २८ मंगलवार १६:०१



















