YouTube Link

ज्योति विकास बैंकद्वारा ट्राफिक लाईट हस्तान्तरण

World Cup 2026
Facebook Link

 

काठमाडौं: ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ट्राफिक लाईट ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।

 

 

बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका-१ का वडा सदस्य अशोक कुमार श्रेष्ठद्वारा संयुक्त रुपमा ट्राफिक लाईटको उद्घाटन गरेका थिए ।

 

 

उद्‌घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन व्यक्त गरे ।

 

 

ट्राफिक लाईट जडान तथा संचालन भएसंगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापनन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

 

 

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।

 

 

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...