इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको जित
वि.सं.२०७६ फागुन २६ सोमवार ०७:०६
1.5K
shares
एजेन्सीः इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । आईतबार राति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।
खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए । जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ । सिटी ५७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर डर्बीमा सिटीको हारसँगै उपाधि होडमा लिभरपुललाई सहज भएको छ । लिभरपुल सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहेको छ ।
वि.सं.२०७६ फागुन २६ सोमवार ०७:०६



















