अफ्रिकन मुलुक मालीमा विद्रोहीको आक्रमणबाट २१ जना सर्वसाधारणको हत्या
वि.सं.२०७६ फागुन ३ शनिवार ०८:५९
1.3K
shares
एजेन्सीः अफ्रिकन मुलुक मालीमा भएको आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको छ । हतियारधारी विद्रोहीहरुले गाउँमा आक्रमण गरेर स्थानीयको हत्या गरेको बताइएको छ । आक्रमणकारीले स्थानीयको हत्या गरेलगत्तै गाउँमा आगजनी गर्नुका साथै लुटपाट समेत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घटनाको कसैले पनि जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
गत मार्चमा भएको आक्रमणमा पनि एक सय ५० जनाको मृत्यु भएको थियो । पश्चिमी अफ्रिकाको सेहल क्षेत्रमा फैलिएको जातिय हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि संयुक्त राष्ट्रसंघ लगायत विभिन्न निकायले चिन्ता समेत व्यक्त गरेका छन् । सरकारी अधिकारीहरुले विद्रोही जातिय समूह डोगललाई दोषी ठहर्याएपनि उक्त समूहरुले सरकारी आरोपको खण्डन गर्दै आएको छ । अफ्रिकामा जारी हिंसाका कारण वर्षेनी हजारौं सर्वसाधारण विस्थापित हुँदै आएका छन् ।
वि.सं.२०७६ फागुन ३ शनिवार ०८:५९




















