YouTube Link

लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

Facebook Link

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ ।

बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमाण (दोस्रो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले बिउ बिजन (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन् । बैठकले पहिलो संविधानसभा सदस्य सिद्धार्थकुमार सोमानीको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ ।

यसैबीच, बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने कंग्रेस बैठकले आजको बैठक चल्न दिने नदिने भन्ने निर्णय गर्ने बताईएको छ । कांग्रेसले आफ्ना उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छदारमाथि अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको भन्दै सदन र सडकमा आन्दोलन गर्दै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...