YouTube Link

प्रहरी महानिरीक्षक खनालद्वारा लैङ्गिक हिंसाबिरुद्धको अभियन्ताहरुसँग भिडियो कन्फ्रेन्स

Facebook Link

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भिडियो कन्फ्रेन्स गरी ३ नम्बर र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत १६ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु तथा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियानका अभियन्ताहरुसँग अन्तरक्रिया गर्नुभएको छ । उक्त अभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा संचालन भइरहेका जनचेतनामूलक कार्यक्रमहरुलाई थप प्रभावकारी र उपयोगी बनाउने उद्देश्यले प्रहरी महानिरीक्षक खनालले उनीहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।

अन्तरक्रियाको क्रममा महानिरीक्षक खनालले अभियानको कारण नागरिकलाई हिंसा सम्बन्धि कसूर गर्नु हुँदैन भन्ने विषयमा सचेत गराएको उल्लेख गर्दै अभियानलाई थप प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा सहभागी जिल्लास्थित विभिन्न महिला सञ्जालका प्रतिनिधिहरुले दिएको सुझावलाई कार्यान्वयन गर्न आपसी समन्वय गरी अगाडि बढ्ने बताउनुभयो । साथै जिल्लाको शान्ति सुरक्षाको अवस्था, सम्बन्धित कामहरु तथा उक्त अभियानका गतिविधिबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग जानकारी लिँदै प्रहरी महानिरीक्षक खनालले महिला संजालको भूमिकालाई समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर लैङ्गिक हिंसाका घटनालाई निस्तेज गर्न निरन्तर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले अभियानको क्रममा क्षमता अभिवृद्धिका लागि प्रत्येक प्रदेशमा छिट्टै तालिमको व्यवस्था गरिने, महिला संजाललाई थप सशक्तिकरण गर्ने अवधारणा लागू गरिने, जनशक्तिको सशक्त व्यवस्थापनमा जोड दिने, अभियान अन्तर्गत एक जिल्लामा भएका सफल अभ्यासलाई अन्यत्र लागू गर्दै जाने जानकारी दिनुभयो । अन्तरक्रियामा जिल्लाहरुमा रहेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा महिला सञ्जालका प्रतिनिधिहरुले भिडियो कन्फ्रेन्स मार्फत प्रहरी महानिरीक्षकसँग कुरा गर्न पाउँदा काम गर्न सहज हुने बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...