YouTube Link

कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’

Facebook Link

काठमाडौं: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ ।

विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्याए वापत् कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नास्टको ३७औं वार्षिकोत्सवको अवसरमा घिसिङलाई पुरस्कार प्रदान गरे । नास्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्यााएका वैज्ञानिक प्राविधिहरूको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नाष्टले ३७औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो ।

नास्टका प्राज्ञ प्राध्यापक डाक्टर जनार्दन लामिछानको पुरस्कार मूल्याङ्कन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो । कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तिहरूको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पूरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३

काठमाडौं: सर्टिङ-सुटिङ र टेलरिङ भन्नेवित्तिक्कै सबैले सबैभन्दा पहिला सम्झिहाल्ने नाम...

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१

काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको...

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:०४

हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा शुक्रबार बिहान काठमाडौंस्थित पशुपतिनाथ...

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:४६

काठमाडौं: कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको...

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:४९

काठमाडौं: ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले...

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:३६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...