YouTube Link

सुवास नेम्वाङलाई सभामुख बनाउन अध्यक्षद्वय सकारात्मक

Facebook Link

काठमाडौं: नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन पार्टीका अध्यक्षद्वय सकारात्मक भएका छन् । अध्यक्षद्वयबीच कार्यविभाजन र मन्त्री हेरफेरकै समय दुईजनाबीच सभामुखको बारेमा पनि लगभग सहमति भएको स्रोतको दावी छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्माओलीले आफू अनुकूल सभामुख बनाउने अडान पार्टीमा लिएका थिए । तर तत्कालिन माओवादीको तर्फबाट सभामुख बनेको कारण सोही पक्षबाट पुनः बन्नुपर्ने अडान अध्यक्ष प्रचण्ड पक्षको थियो । संसद सचिवालयका महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा सभामुख पदबाट मुक्त भएका कृष्णबहादुर महरा तत्कालिन माओवादीबाट सभामुख बनेका थिए ।

तत्कालिन माओवादी पक्षका नेताहरुले सभामुखमा दावी गरिरहेका छन् । त्यसमा देव गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, ओन्सारी घर्तिमगर लगायतले सभामुखका लागि दाबेदारी पेश गर्दै आएका छन् ।

केही समय पहिला दुई अध्यक्षबीच भएको कुराकानीमा अध्यक्ष प्रचण्डले सुवास नेम्वाङ सभामुखका लागि तयार भए आफू त्यस विषयमा सोच्न सक्ने संकेत गरेपछि दुबै नेता नेम्वाङप्रति लचक भएका हुन् । तर नेम्वाङले एउटा सार्वजनिक कार्यक्रममा आफू सभामुख बन्न नचाहेको बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचार गराएर सरकारी निवास फर्किसकेका छन् । यस विषयमा अध्यक्ष प्रचण्डले चाँडै नै उनीसँग कुरा गरेर सभामुखको विषयलाई अन्तिम रुप दिने बताइएको छ । नेम्वाङ सभामुख पदका लागि तयार भए प्रचण्डले पनि उनकै नाममा सहमति जनाई दिने लगभग पक्का भइसकेको नेकपाका स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डले यस विषयमा नेताहरु भेटेर कुराकानी गर्दै आएका छन् । उनले आफ्ना पक्षका नेताहरुको साथै तत्कालिन एमालेका नेताहरुसँग पनि सभामुखको विषयमा छलफल गरेका छन् । सबैको मनको कुरा बुझेपछि उनले प्रधानमन्त्री ओलीसँग छलफल गरेर त्यसलाई अन्तिम रुपम दिने स्रोतले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...