YouTube Link

रुपन्देहीको सालझण्डीमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरू

Facebook Link

काठमाडौं: नेपाली र भारतीय सेनाबीच गुणस्तरीय संयुक्त अभ्यास सूर्यकिरणको २०औं संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आजदेखि अभ्यास सुरु भएको छ । मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले अभ्यासको शुभारम्भ गरेका हुन् । दुवै देशका गणस्तरका सैनिक फौज सहभागी रहेको उक्त अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र भारतमा २०६७ सालदेखि प्रत्येक वर्ष आलोपालो गरी सञ्चालन हुँदै आएको अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

 

अभ्यासमा क्रममा मुख्यतः विपद् व्यवस्थापन,जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा दुवै देशका सैनिकबीच सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गरिने नेपाली सेनाले जनाएको छ । उक्त तालिमबाट दुवै मुलुकका सेनाबीचको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ । यस किसिमको संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सैनिकको पेसागत ज्ञान, क्षमता र आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३

काठमाडौं: सर्टिङ-सुटिङ र टेलरिङ भन्नेवित्तिक्कै सबैले सबैभन्दा पहिला सम्झिहाल्ने नाम...

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१

काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको...

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:०४

हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा शुक्रबार बिहान काठमाडौंस्थित पशुपतिनाथ...

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:४६

काठमाडौं: कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको...

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:४९

काठमाडौं: ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले...

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:३६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...