YouTube Link

अर्जेन्टिना र इजिप्ट भिड्दै, कसले मार्ला बाजी ?

Facebook Link

काठमाडौं: साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा इजिप्टसँग खेल्दैछ । यो खेल अमेरिकाको एटलान्टामा नेपाली समय अनुसार मंगलबार राती ९:४५ बजे सुरु हुनेछ । अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन् ।

 

विश्व फुटबलकै सुपर स्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा देखिएको छ र ३ पटकको विश्व विजेता अर्जेन्टिना ६४ वर्षपछि विश्वकपमा उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । फिफा वरियतामा १ नम्बरमा रहेको अर्जेन्टिना १९औं पटक विश्वकप खेलिरहेको छ ।

 

सन् १९३४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा सिधै अन्तिम १६ मा खेलेको इजिप्टले ९२ वर्षमा पहिलो पटक समूह चरण पार गर्दै यस विश्वकपमा नकआउट चरण खेलेको हो र नकआउटमा पहिलो जित समेत हात पारिसकेको छ । हाल इजिप्ट फिफा वरियतामा २९औं स्थानमा छ ।

 

जारी विश्वकपमा अर्जेन्टिनाले कुनैपनि खेल्दा वा जित्दा जहिले पनि लियोनल मेसीकै चर्चा हुन्छ । विपक्षी टिम मेसीलाई कसरी रोक्ने भन्ने तयारी गरिरहेका हुन्छन् भने अर्जेन्टिनाको टिम मेसीबाट कसरी बढी फाइदा लिने भन्नेमा हुन्छ । हरेक खेलमा केही न केही कीर्तिमान बनाइरहेका मेसीले ३९ वर्षको उमेर पनि विश्वकपमा जादुयी प्रदर्शन गरिरहेका छन् ।

 

अर्जेन्टिनाले जारी विश्वकपमा खेलेको सबै चार खेल जितेको छ । समूह चरणमा अल्जेरियालाई ३-० ले, अस्ट्रियालाई २-० ले र जोर्डनलाई ३-१ ले पराजित गरेको थियो । समूह चरणमा तीनै खेलमा सहज जित हात पारेको अर्जेन्टिनाले राउण्ड अफ ३२ मा डेब्यु केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको हो ।

 

इजिप्टको पनि अहिलेसम्म अपराजित छ । समूह चरणमा बेल्जियमसँग १-१ को बराबरी खेलेका इजिप्टले न्युजिल्यान्डलाई ३-१ ले पराजित गरेको थियो भने इरानसँग १-१ को बराबरी खेलेको थियो । समूह जी को उपविजेताको रुपमा नकआउट चरणमा पुगेको इजिप्टले अस्ट्रेलियालाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गरेको थियो ।

 

अन्तिम ३२ मा दुवै टोलीले संघर्षपूर्ण जित निकालेका थिए । अफ्रिकाको नवप्रवेशी केप भर्डेलाई ३-२ गोल अन्तरले पराजित गरेको अर्जेन्टिनाले अन्तिम १६ मा अर्को अफ्रिकी टिमसँग खेल्न लागेको हो । इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

 

अर्जेन्टिना र इजिप्ट विश्वकपमा अहिलेसम्म भिडेका छैनन् र यो पहिलो भेट हुनेछ । यस्तै समग्रमा भने यी दुई टोली तेस्रो पटक खेल्न लागेका हुन् । यसअघि भएको दुई खेल अर्जेन्टिनाले जितेको थियो । सन् १९२८ मा भएको ओलम्पिक फुटबलमा अर्जेन्टिनाले इजिप्टलाई ६-० ले पराजित गरेको थियो । पछिल्लो पटक सन् २००८ मा इजिप्टकै कायरोमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २-० ले विजयी भएको थियो ।

 

मेस भर्सेज सालाह

लियोनल मेसी विश्वकपमा सर्वाधिक ३० खेल खेल्ने सर्वाधिक २० गोल गर्ने लगातार ८ खेलमा गोल गर्ने, सर्वाधिक ६ विश्वकप खेल्ने जस्ता विभिन्न कीर्तिमान बनाइसकेका छन् । यस्तै सर्वाधिक असिस्ट गर्नेमा पनि संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यदि इजिप्ट विरुद्ध असिस्ट गरेमा उनी सर्वाधिक ९ असिस्ट गर्ने खेलाडी बन्नेछन् ।

 

 

यस विश्वकपमा मेसीले लगातार गोल गर्दै कीर्तिमान बनाएपनि फरवार्ड लाइनमा अन्य खेलाडीबाट गोल निस्कन सकेको छैन । विशेषरी लाउटारो मार्टिनेज र युलिजयन अल्भारेजले गोलका लागि संघर्ष गरिरहेका छन् । उनीहरुका लागि पनि नकआउटको खेलमा आफूलाई प्रमाएत गर्ने अवसर छ ।

 

यस्तै मोहमद सालाह इजिप्टका कप्तान र सबैभन्दा ठूला स्टार हुन् । क्लब फुटबलमा धेरै उपलब्धि हात पारिसकेका छन् । विश्वकपमा उनले आफ्नो टिमलाई पहिलो पटक नकआउट चरणमा पुर्‍याएका छन् । अर्जेन्टिना विरुद्ध खेल्दा सालाह इजिप्टका मुख्य खेलाडी हुनेछन् । यस्तै दुई गोल गरेका इमाम असौर पनि इजिप्टको हेर्न लायक खेलाडीको रुपमा छन् ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...