YouTube Link

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

Facebook Link

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल आज बेलुकी ४:४५ बजे भारतको गोवामा हुनेछ । नेपालले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

 

नेपाली फुटबललाई एउटा अर्को के तथ्यमा विश्वास हुनुपर्छ भने श्रीलंकाविरुद्ध आफूअनुकूल नतिजा निकाल्न गाह्रो हुने छैन । अहिलेसम्मका लागि यो समूहमा भुटान दुई खेलबाट ३ अंकसहित अगाडि छ । एक खेल खेलेको नेपालसँग पनि ३ अंक छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० ले हराएको थियो भुटानविरुद्धको यो जित एक प्रकारले संघर्षपूर्ण रह्यो ।  त्यसपछि भुटानले श्रीलंकालाई सजिलै ३–० ले हराएको थियो ।

 

श्रीलंका भने अंकविहीन छ । टिमले पाँच दिनको आराम र प्रशिक्षण दुवै पाइसकेको छ । आजै लिग चरणको सबै खेल सकिनेछ । दोस्रो खेलमा समूह बीमा  दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेश र भारत पनि भिड्दै छन् । महिला फुटबलमा नेपाल र श्रीलंका  अहिलेसमेम १० पटक भिड्दा नेपालले सबै खेलमा बाजी मारेको छ । नेपालले दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा तीनपल्ट श्रीलंकासँग खेलेको छ । जसमा ८–१, ४–० र १–० ले नतिजा आफ्नो पक्षमा पारेको छ । महिला साफ च्याम्पियनसिपमा भने छ पल्ट खेलेको छ । नेपालले प्रतियोगितामा श्रीलंकासँग एकै गोलसमेत खाएको छैन ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...