YouTube Link

कम्युनिष्टकै बाटोमा कांग्रेस

World Cup 2026
Facebook Link

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त, नेतृत्व र कार्यक्रम मात्र भएर हुँदैन गतिशील/प्रगतिशील संगठन चाहिन्छ । चुस्त, दुरूस्त र जीवन्त संगठनबिना राजनीति स्थपित हुने र पार्टी सक्रिय हुन सक्दैन । तर, नेपालमा खासगरी नेपालमा कम्युनिष्ट पार्टीका जम्बो केन्द्रीय कमिटी र संगठनको अस्तव्यस्त अवस्थाले दलिय राजनीतिलाई कुरूप मात्रै होइन, असफलसमेत बनाएको दुःखान्त हाम्रै सामु ताजा छ । विभिन्न घटक मिलेर बनेको नेकपाको केन्द्रीय कमिटी २४९९ जनाको छ । त्यो बढेर २ हजार ९ सयसम्मको बनाइने समाचार छ । जराबाट टुप्पोतिर नभएर, टुप्पोबाट जरातर्फको अभ्यासमा रहेका कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी टिके कमिटी हुन् । कुनै निर्वाचन भएर चयन गरिएका कमिटी होइनन् । यता नेपाली कांग्रेस पनि कम्युनिष्ट कम्युनिष्टकै बाटोमा हिडन थालेको छ ।

 

नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने भएको छ । गत पुसमा आयोजित विशेष महाधिवेशनमा संशोधन गरिएको विधानमा २४० सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । विधानअनुसार महाधिवेशनबाट सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरू गरी १७१ जना निर्वाचित हुने छन् । ६१ जनालाई सभापतिले केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था विधानमा गरिएको छ । विधानअनुसार सात प्रदेश सभापति र प्रतिनिधिसभा दलको नेता पदेन सदस्य हुने छन् । ‘प्रतिनिधिसभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिको सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य हुनेछ,’संशोधित विधानमा उल्लेख छ । यसअघि १४औं महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था थियो । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए । ३३ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था विधानमा थियो ।

 

त्यसअघि १३औं महाधिवेशनबाट कांग्रेसले ८५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुने विधानमा व्यवस्था गरेको थियो । विधानअनुसार सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गरिएको थियो । १३औं महाधिवेशनबाट संशोधन भएको विधानमा बाँकी २१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था थियो । निवर्तमान सभापति सभापति शेरबहादुर देउवा पक्षको असहमतिका बाबजुद गत पुसमा सम्पन्न विशेष महाधिवेशनले १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

 

जसमध्ये १३ जना पदाधिकारी, ३८ महिला सदस्य र १५ युवा प्रतिनिधिहरू रहेको कांग्रेसको वेबसाइटमा उल्लेख छ । तर वेबसाइटमा उल्लेख गरिएका नाम गणना गर्दा कांग्रेसको केन्द्रीय कार्यसमिति १३१ सदस्यीय देखिन्छ । कांग्रेसले पछिल्लो समय सभापति गगन थापाले मनोनयन गरेका केन्द्रीय सदस्यहरूको नाम वेबसाइटमा अपडेट गरेको छैन । उनले फरक-फरक मितिमा दुई पटक गरी २० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । मनोनीत केन्द्रीय सदस्यबाट उमेश श्रेष्ठलाई सभापति थापाले कोषाध्यक्ष बनाएका छन् । विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानमा तीन जना थप गरेर ११ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ । जसमध्ये तीन जना सहमहामन्त्री सभापतिले मनोनीत गर्न पाउने छन् । कांग्रेसले ८ जना सहमहामन्त्रीहरू ‘कलस्टर’ अनुसार महाधिवेशनबाट निर्वाचित हुने पुरानो व्यवस्थालाई निरन्तरता दिँदै थप तीन जनालाई सभापतिले मनोनीत गर्ने नयाँ वैधानिक व्यवस्था गरिएको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

वि.सं.२०८३ असार २४ बुधवार ११:४८

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा...