YouTube Link

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

Facebook Link

काठमाडौं: नागरिकसँग सधैं नजिक रहेर सेना-नागरिक सुमधुर सम्बन्ध कायम राखिराख्ने ध्येयका साथ नेपाली सेनाले सञ्चालन गर्दै आएका विविध गतिविधिमध्ये खेलकुद पनि हो । राष्ट्रिय सुरक्षाको प्रमुख अंग हुनुको नाताले राष्ट्र र राष्ट्रबासीका प्रति आफूले निर्वाह गर्नुपर्ने संवैधानिक दायित्वमा सदैव सचेत नेपाली सेनाले विविध गतिविधिहरु मार्फत् सेना-नागरिक सम्बन्धलाई सधैं नजिक राख्न गरेको प्रयास प्रशंसनीय नै मान्नुपर्छ ।

 

यसै सिलसिलामा जेठ ४ गतेबाट जंगी अड्डामा शुरु भएको चौथो संस्करणको ‘प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता-२०८३’ सम्पन्न भएको छ । टेनिस खेलको विकास र विस्तार गर्ने लक्ष्यका साथ नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा १३ वटा इभेन्टमा प्रतिष्पर्धा भएको थियो भने १३ वटा क्लबका २ सय ७ जना पुरुष र ११ जना महिला गरी २ सय १८ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

 

‘प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता-२०८३’ समापन समारोहका प्रमुख अतिथि प्रधानसेनापति अशोकराज सिग्देलले महिला एकल खुलातर्फ प्रथम शिकारी गुरुङ, द्वितीय स्वस्तिका विष्ट र तृतीय प्रकृति श्रेष्ठ, यस्तै पुरुष एकल खुलातर्फ प्रथम प्रदीप खड्का, द्वितीय निशान श्रेष्ठ र तृतीय आयुष्मान हजुर घले, प्रनव मानन्धरलाई पुरष्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने प्रमुख सेनानी गेलाङ लामा, सेनानी निर्मल शाह र झुलेन्द्रमान मास्केलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

 

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण अम्पायरको प्रतिनिधित्व गर्दै कृष्ण घलेले प्रधानसेनापतिबाट प्रमाणपत्र ग्रहण गरेका थिए । यस्तै टेनिस संघका अध्यक्ष मनोहरदास मुल, मण्डिखाटार क्लबका अध्यक्ष नवराज कुँवर, रुपन्देही लङ टेनिस संघका अध्यक्ष विष्णु चापागाईं, द फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाटका अध्यक्ष श्रवण कार्की, काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष प्रवीण वैद्य, त्रिभुवन आर्मी क्लबका केन्द्रपति महासेनानी मदन थापालगायतलाई प्रशंसापत्र वितरण गरिएको थियो ।

 

उक्त प्रतियोगितामा ६२.५ अंक प्राप्त गरी च्याम्पियन हुन सफल त्रिभुवन आर्मी क्लबलाई च्याम्पियन ट्रफी प्रदान गरिएको थियो भने सैनिक तालिम महानिर्देशक उपरथी प्रेमबहादुर पुनले ट्रफी ग्रहण गरेका थिए । नेपाली सेनाले टेनिस खेल क्षेत्रको विकासमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै नेपाल टेनिस संघले यस किसिमको प्रतियोगिताहरुलाई प्रवर्द्धन र विकासमा थप टेवा पुर्याउने निरन्तरता अपेक्षा राख्दै नेपाली सेनालाई प्रशंसापत्र प्रदान गरेको थियो । प्रशंसापत्र संघका अध्यक्ष मनोहरदास मुलले खेलकुद केन्द्रका केन्द्रपति महासेनानी मदनजंग राणालाई प्रदान गरेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...