YouTube Link

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

World Cup 2026
Facebook Link

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन र सम्झनाको समेत कल्पना गर्नुपर्ने गीतकार, अनि उस्तै अवस्था आइपरे ‘गोली ठोक्न’ आदेश पनि दिनुपर्ने प्रहरी अफिसर । नेपाल प्रहरीको निरीक्षकबाट सेवा प्रवेश गरेर २०८२ साल भदौ १९ गते प्रहरी अतिरक्त महानिरीक्षकबाट अवकाश नहुँदासम्म चर्चित गीतकार टेक तामाङलाई ‘यो सम्भव छ ?’ भनेर बारम्बार प्रश्न सोधिन्थ्यो ।

 

पेशागत प्रहरी जीवनमा आफूलाई ‘रोल मोडल’ सावित गराएका चर्चित गीतकार तामाङले गीत र साहित्य सिर्जनालाई पनि सँगसँगै अघि बढाएर व्यवहारबाटै ‘सम्भव छ’ भन्ने जवाफ दिए । उनै चर्चित गीतकारको नयाँ म्युजिक भिडियो ‘अल्झिरह्यो याद’ हालै टेक तामाङ युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ । संयोगान्त र बियोगान्त झैं लाग्ने म्युजिक भिडियो ‘अल्झिरह्यो याद’ लाई आमदर्शक-श्रोताले अत्यधिक रुचाउने अपेक्षा गरिएको छ भने हेर्ने-सुन्ने दर्शक-श्रोताले मन छोएको प्रतिक्रिया दिइरहेका छन् ।

‘अल्झिरह्यो याद, बल्झिरह्यो घाऊ

जलिरह्यो यो मन, निभाउन म कहाँ जाऊँ ।’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वर रहेको ‘अल्झिरह्यो याद’ म्युजिक भिडियोमा कलाकार सनम कठायत र ऋचा थापाले अभिनय गरेका छन् भने म्युजिकमा मधुकर लोहनी, रेकर्डिङमा भोला पैडेल, एरेञ्जरमा मनोहर सुनाम, मेकअपमा मही सिंह, सिनेमाटोग्राफरमा एजे अजु, सहयोगी कलाकारमा विना के.सी., इन्द्र गुरुङ, कल्पना गुरुङ, रामबहादुर थापा, प्रनिता हमाल रहेका छन् । त्यस्तै म्युजिक भिडियोलाई प्रदीप हमालले निर्देशन गरेका हुन् । साउण्ड डिजाइन, नक्सालमा गीत रेकर्डिङ गरिएको म्युजिक भिडियोमा एडिट-कलर मीन रावलको छ भने एडिटिङ स्टेशन दिनपरी क्रियशन प्रा.लि. रहेको छ ।

सुमधुर गीत-संगीत, स्वर र अभिनयले सजिएको म्युजिक भिडियोका रचनाकार चर्चित गीतकार टेक तामाङलाई कलम र बन्दूकको बेजोड समिश्रण गराउन सफल सर्जकका रुपमा चिनिन्छ भने उनले गीतसँगै साहित्यमा पनि उत्तिक्कै उचाइ भेट्टाएका छन् । गीतकार संघको आयोजनामा भएको ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ सांगीतिक दुनियाँको ऐतिहासिक कार्यक्रम सावित भएको थियो ।

 

‘म तिम्रो शहर छोडी टाढा-टाढा जाँदैछु…’ जस्ता कालजयी गीतमार्फत् छाप छोडेका वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा सजिएको र आफूलाई पेशागत रुपमा ‘रोलमोडल’ सावित गरेका चर्चित गीतकार टेक तामाङको शब्द रहेको प्रेम, पीडा, बिछोड, मिलन र सम्झनाको गहिरो मर्म बोकेको म्युजिक भिडियो ‘अल्झिरह्यो याद’ तपाईंले पनि सुनेर र हेरेर अनुभूत गर्न सक्नुहुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...