YouTube Link

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

World Cup 2026
Facebook Link

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित जोखिमको प्रतिकार्य गर्न तयारी अवस्थामा रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन आगामी जेठ १८ गतेबाट प्रारम्भ हुने अनुमान गरिरहेका बेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले भन्छन्- ‘उपलब्ध साधन-स्रोतको उच्चतम् प्रयोगसहित मौसमजन्य विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी सम्पूर्ण पूर्वतयारीका साथ रहेको छ ।’

 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘सर्वदा सर्वकर्म सर्वत्र’ मूलमन्त्र भएको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनद्वारा केही दिनअगाडि आयोजित आईए ड्रिल, हतियार खोलजोड, अग्नि नियन्त्रण तथा उद्धार अभ्यास, होस्टेज रेस्क्यु ड्रिल, विपद् उद्धार सामग्रीहरु प्रदर्शनी कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्लेले प्रहरीले हाल विभिन्न माध्यमबाट नागरिकलाई सम्भावित मनसुनजन्यलगायतका विपदबारे जनचेतना जगाइरहेको र बाढी-पहिरो तथा भत्केका संरचनामा फसेका नागरिकको उद्धारको पूर्वाभ्यास गरिसकिएको जानकारी दिएका थिए ।

 

‘नेपाल प्रहरीका तल्ला युनिटसम्म सम्भावित विपद्को पहिचान र प्रतिकार्यको तयारी तथा त्यसका लागि चाहिने आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको छ’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्लेले भने- ‘नागरिकलाई ढुक्क हुनसक्ने अवस्था सिर्जना गरेका छौं । जिल्ला सुरक्षा समितिले विगतमा भएका विपद्जन्य घटनाको अभिलेखका आधारमा यस वर्ष हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरेको छ । त्यसका आधारमा सबै प्रदेशमा उद्धार सामग्री पुर्याइसकेका छौं ।’

 

दक्ष र स्रोत-साधनयुक्त प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेको, पहिरो जाने सम्भावित क्षेत्रको पहिचान र विपदबाट  राष्ट्रिय राजमार्गमा अवरोध नहोस् भनेर शतर्कता अपनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक काफ्ले बताउँछन् । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले कार्यालयले मनसुनजन्यलगायतका विपद् प्रतिकार्य र उद्धारमा गरिरहेको काम-कारबाहीबारे सञ्चारकर्मीहरुलाई बताएका थिए ।

 

पछिल्लो एक दशकमा मनसुनजन्य विपदबाट मुलुकभर ३ हजार ७४ जनाको मृत्यु, ५ सय २ जना बेपत्ता, ४ हजार ७ सय ६९ जना घाइते तथा ३३ हजार १ सय ९८ घरपरिवार प्रभावित भएको, त्यस्तै गत वर्षमात्रै बाढी-पहिरो, भारी वर्षा र चट्याङबाट १ सय ४० जनाको मृत्यु, ३० जना बेपत्ता, ३ सयजना घाइते तथा ५ हजार ९ सय ९५ परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...