YouTube Link

एमालेमा १९ पदाधिकारीका लागि ४१ जना चुनावी मैदानमा

Facebook Link

काठमाडौं: नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत बन्दसत्रको तेस्रो दिन आज काठमाडौंको भृकुटीमण्डपमा साँझबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु हुँदैछ । दुई हजार २६२ जना प्रतिनिधिले एमालेको भावी नेतृत्वसहित पदाधिकारीको टिम चुनिने छन् ।

 

१९ पदाधिकारीका लागि ४१ जना चुनावी मैदानमा छन् । अध्यक्षमा विगत लामो समयसँगै रहेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । उनीहरू प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका छन् । ओली समूहबाट रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ छन् । महासचिवमा नपाएपछि ओली टिमकै प्रदीप ज्ञवालीले भने उम्मेदवारी दिएनन् ।

 

पोखरेल समूहबाट अरुण नेपाल, गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ, टंक कार्कीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। ओलीको टिममा केन्द्रीय सदस्यमा सीमित भएका रघुजी पन्त र भीम आचार्यले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै, एक महासचिवका दुई प्रतिस्पर्धी छन् । ओली समूहबाट शंकर पोखरेल दोहोरिँदा पोखरेल समूहबाट सुरेन्द्र पाण्डे भिड्दैछन् ।

 

तीन उपमहासचिवमा ७ प्रतिस्पर्धी छन् । ओली टिमबाट रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल उम्मेदवार छन् । टिममा नपरेपछि राजेन्द्र गौतमले पनि उपमहासचिवमै उम्मेदवारी दिए पनि उनले फिर्ता लिइसकेका छन् । पोखरेल समूहबाट योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल उपमहासचिवका उम्मेदवार हुन् । ओली टिममा नपरेका पोखरेललाई अन्तिम समयमा इतर समूहमा ल्याउन नेताहरू सफल भएका हुन् ।

 

यसैगरी ९ सचिवका लागि सबैभन्दा धेरै २० जनाबीच प्रतिस्पर्धा हुँदैछ । ओली टिमबाट छविलाल विश्वकर्मा, पदमा अर्याल, राजन भट्टराई, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की र महेश बस्नेत सचिवका उम्मेदवार हुन् । पोखरेल समूहबाट कर्ण थापा, इन्द्रलाल सापकोटा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुर गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र अग्नि खरेल सचिवमा उम्मेदवार छन् । खरेल ओलीको साथ छाडेर पोखरेल समूहबाट उम्मेदवार बनेका हुन् । ओली टिममा केन्द्रीय सदस्यमा मात्रै समेटिएका लालबाबु पण्डितले पनि उम्मेदवारी दिएका छन् भने पेम्बा लामा पनि चुनावी मैदानमा छन् ।

 

पदाधिकारी निर्वाचनमा महिला उम्मेदवार संख्या भने अत्यन्त न्यून छन् । जसकारण नेतृत्व तहमा महिलाको उपस्थिति कमजोर हुने देखिएको छ । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा उत्रिँदा चार जना मात्रै महिला उम्मेदवार छन् । दुबै पक्षबाट गरी ११ उपाध्यक्षका जउम्मेदवार प्रतिस्पर्धामा उत्रिँदा महिलातर्फ बिन्दा पाण्डे मात्रै छिन् । उनले पोखरेल प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।

 

सचिव पदमा पनि महिला उम्मेदवारी कमजोर देखिएको छ । ९ सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ३ जना महिला उम्मेदवार छन् । ओली प्यानलबाट पद्मा अर्याल दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकी छन् भने पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार छन् । पेम्बा लामाले पनि सचिव पदमा उम्मेदवारी दिएकी छन् । महासचिव र उपमहासचिव पदमा भने महिला उम्मेदवारी परेको छैन । सीमित उम्मेदवारी परेकामा पनि आरक्षणको व्यवस्था नरहेकाले अधिकांश पदाधिकारीमा चुनिने सम्भावना शून्य देखिन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...