YouTube Link

आयोजक राष्ट्र श्रीलंकासँग खेल्दै नेपाल

Facebook Link

काठमाडौं: साफ यु-१७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आजदेखि सुरु हुँदैछ । नेपाल‌ले आज आयोजक राष्ट्र श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता रहेको छ । नेपाल, श्रीलंका र बंगलादेश समूह ‘ए’ मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन् । राउन्ड रोबिन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

यसअघिको ९ संस्करणमा भारतले ६, बंगलादेशले २ र पाकिस्तानले एक पटक उपाधि जितेको छ । सन् २०११ बाट सुरु भएको च्याम्पियन्स कहिले यु-१५ र कहिले यु-१६ का रुपमा पनि‌ आयोजना भएको छ । योसहित ३ संस्करण लगातार यु-१७ को नाममा आयोजना भएको छ । गत वर्ष बंगलादेशलाई २-० ले हराउँदै भारत छैटौं पटक च्याम्पियन बनेको थियो । यसपटक असोज ११ (सेप्टेम्बर २७) सम्म चल्ने प्रतियोगिताको सबै खेल कोलम्बोको रेसकोर्स ग्राउण्डमा हुनेछ । ४ पटक फाइनल खेलेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...