YouTube Link

साउन २९ गतेसम्म कक्षा १२ को पुनर्योगका लागि आवेदन दिन सकिने, पूरक परीक्षाको तालिका सार्वजनिक

Facebook Link

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो । गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालित कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा साउन १९ गते प्रकाशित भएको थियो ।

 

 

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा भदौ २८ र २९ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गर्दै परीक्षा तालिका र आवेदन प्रक्रियाबारे जानकारी दिएको छ ।

 

 

कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो । परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । कक्षा १२ को नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । बोर्डका अनुसार ३८.८३ विद्यार्थीको एनजी(ननग्रेड) आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...