YouTube Link

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई दुई विकेटले हराउँदै सिरिजमा पहिलो जित निकालेको छ । मंगलबार सम्पन्न खेलको जितसँगै सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान दुई अंक पुर्‍याएका छन् । नेटरनरेटमा स्कटल्यान्ड शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

 

स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य पूरा गर्न नेपाललाई १९.५ ओभरसम्म कुर्नुपर्‍यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन चाहिएको थियो । सफायान शरिफको सुरुआती तीन बलमा करणले दुई र किरण ठगुन्नाले एक रन लिए । तर, चौथो बलमा किरण क्याच आउट भए । योसँगै खेल पुन: सुपर ओभरतर्फ जाने देखिएको थियो । तर, पाँचौं बलमा सन्दीप लामिछानेले एक रन लिँदै नेपाललाई पहिलो जित दिलाए ।

 

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले २१ बलमा १४ रन बनाए । बसीर अहमद १३ र किरण १० रनमा पभिलियन फर्किए । स्कटल्यान्डका शरिफ र माइकल लीस्कले समान २ विकेट लिए ।

 

टस हारेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो । स्कटल्यान्डका लीस्कले सर्वाधिक ४६ रन बनाए । ४६ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे । म्याथ्यु क्रस १५ र ब्रान्डन म्याकमुलनले १० रन बनाए । अन्यले भने प्रभावकारी इनिङ्स खेल्न सकेनन् । नेपालका सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडनसहित ११ रन खर्चिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई/दुई विकेट लिए । एक विकेट ललितनारायण राजवंशीको नाममा रह्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...