YouTube Link

दुवै सदनको अधिवेशन आज मध्यराति १२ बजेदेखि अन्त्य हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो ।

 

संघीय संसद्‌को दुवै सदनको अधिवेशन आज रातिदेखि १२ बजेदेखि अन्त्य हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।  गत माघ १८ गतेबाट सुरु भएको अधिवेशन आजसम्म गरी ६१ दिन रह्यो । अधिवेशनले ५ अध्यादेश र ५ विधेयक पारित गरेको छ ।

 

सरकारले अधिवेशन सुरु हुँदाको दिन दर्ता गरेका सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई प्रतिस्थापन विधेयकका रूपमा पारित गरेको छ ।

 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस १४ सहकारी सम्बन्धी अध्यादेश जारी गरेका थिए । बाँकी ४ अध्यादेश गत पुस २९ गते जारी गरिएको थियो । सरकारले ती अध्यादेशलाई क्रमशः सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ मा प्रतिस्थापन गरेर संघीय संसद् सचिवालयमा गत माघ १८ गते पेस गरेको थियो । ती प्रतिस्थापन विधेयकलाई गत फागुन २१ गते बसेको प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...