YouTube Link

निर्मल निवासले लिन मानेन जरिवानाको पत्र, हुलाकबाट पठाइँदै

World Cup 2026
Facebook Link

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना सम्बन्धी पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोली निर्मल निवासबाट फर्किएको छ । चैत १५ गते काठमाडौं तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह नै भएको ठहर गर्दै क्षतिको जरिवाना तोक्दै महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

 

सोहीबारेको पत्र लिएर आइतबार बिहान निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली जरिवानाको पत्र बुझ्न नमानेपछि कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ । ‘हामीले दिएको पत्र बुझ्न नमानेपछि हाम्रो टोली फर्किएको छ । अब हामी प्रक्रियागत ढंगले असुलउपर गर्छौं,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

 

उनका अनुसार नगर प्रहरीलाई निर्मल निवासको गेटमै रोकिएको हो । महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालले पत्र बुझ्न नमाने पत्रिकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने बताए । ‘सिधै पत्र बुझ्न नपाए अन्य वैकिल्पक प्रक्रिया पनि अवलम्बन गर्ने अभ्यास छ । त्यति हुँदा पनि उठेन भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार उठाउन सकिन्छ,’ उनले भने ।

 

ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...