एनपिएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल काठमाडौं र चितवन तथा दोस्रो खेलमा कर्णाली र जनकपुर खेल्दै
वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:१३
1.3K
shares
काठमाडौं: कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुवातको लक्ष्यमा रहेका छन् । चितवनबाट कुशल मल्ल र काठमाडौंबाट करण केसीको कप्तानीमा मैदान उत्रनेछ । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ । जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:१३




















