YouTube Link

कहाँ-कहाँ हुँदैछ मतदान ?

Facebook Link

काठमाडौं: स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान हुँदैछ । कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

 

यस्तै वडाध्यक्षमा ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३, झापाको कन्काई नगरपालिका-६, तेह्रथुमको लालिगुराँस नगरपालिका-८, सुनसरीको गढी गाउँपालिका-६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५, उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९, सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहतको ईशनाथ नगरपालिका-७, रौतहटका राजपुर नगरपालिका-६ र गढीमाई नगरपालिका-८ मा निर्वाचन हुनेछ ।

 

काठमाडौँको काठमाडौँ महानगरपालिका-१६, कीर्तिपुर नगरपालिका-१ र ४, नुवाकोटको ककनी गाउँपालिका-२, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२, गोरखाको गोरखा नगरपालिका-५, गुल्मीको मुसिकोट नगरपालिका-१, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१, रोल्पाको रुन्टीगढी गाउँपालिका-४, बर्दियाको ठाकुरबाबा नगरपालिका-४ र रुकुम पश्चिम भागको सानीभेरी गाउँपालिका-५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

 

दैलेखको दुल्लु नगरपालिका-१३, जाजरकोटको कुसे गाउँपालिका-७, कालीकोटको तिलागुफा नगरपालिका-४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, बझाङको सूर्मा गाउँपालिका-४, डोटीको पूर्वीचौकी गाउँपालिका-६, दार्चुलाको दुहुँ गाउँपालिका-५ र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ३७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 

यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी भूल तथा रुकुम पूर्वी भागपुगा उत्तरगङ्गा गाउँपालिका-२ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...