एनपीएलका लागि व्यवस्थित बनाइँदै त्रिवि क्रिकेट मैदान
वि.सं.२०८१ मंसिर ४ मंगलवार १०:५६
1.6K
shares
काठमाडौं: यहि मंसिर १५ गतेदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि धमाधम तयारी भइरहेको छ ।
नेपाल क्रिकेट संघले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताका लागि मैदानका साथै दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ । पिच पुनर्निर्माणदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्म कामहरू भएका छन् ।
क्यानले सोमबार लिगको खेल तालिका सार्वजनिक गरेको थियो । तालिका अनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।
वि.सं.२०८१ मंसिर ४ मंगलवार १०:५६



















