YouTube Link

कप्तान पूजाको दमदार प्रदर्शनसँगै कुवेतमाथि नेपालको विशाल जित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: कप्तान पूजा महतोको दमदार प्रदर्शनसँगै नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध विशाल जित हात पारेको छ ।

 

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो । जितसँगै नेपालले १६५ विशाल रनले प्रतियोगितामा चौथो जित निकालेकोह हो । नेपालले थाइल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो । यस्तै, कुवेतलाई १०८ रनले पाखा लगाए पनि युएईसँग १३ रनले पराजित हुन पुगेको थियो ।

 

नेपाललाई विश्वकपमा पुग्न बुधबार हुने अन्तिम खेलमा युएईविरुद्ध फराकिलो जितको आवश्यक पर्नेछ । युएई अपराजित रहँदै चार खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको नेपालको ८ अंक छ । यद्यपि, युएईले थाइल्यान्ड र नेपालसँग खेल्न बाँकी छ । युएई नेटरन रेटमा पनि नेपालभन्दा बलियो स्थितिमा छ । युएईको नेटरनरेट ४.७१२ छ भने नेपालको ४.३३० मात्रै छ ।

 

नेपालको जितमा कप्तान पूजाले अविजित १३० रन बनाइन् भने बलिङमा सर्वाधिक पाँच विकेट लिइन् । युएइकी ओपनर जेफा जिलिनीबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ४२ बल खेलेकी उनले ७ चौकासहित ३६ रन बनाइन् । कुवेतका ७ ब्याटर शून्य रनमै पेभिलियन फर्किए । नेपालले ७ रन अतिरिक्त दिएको थियो । पूजाले नवौं ओभरमा ४ विकेट लिएकी थिइन् । पहिलो बलमा रेलिन मारियालाई उनले एलबिडब्यु आउट बनाइन् ।

 

दोस्रो बलमा अमिषा रामलाई बोल्ड गरेकी थिइन् । तर, उनी ह्याट्रिक विकेट लिन भने चुकिन । तेस्रो बलमा सेरेना साइमनले डट खेलिन् । चौथो बलमा सेरेनालाई पुजाले बोल्ड गरिन् । पाँचौं बलमा सारा जस्भीलाई बोल्ड गरिन् । यद्यपि, अन्तिम बलमा जिनिया अफरोजले डट खेल्दै उनलाई पुन: ह्याट्रिक लिन रोकिन् । त्यसभन्दा पहिला उनले आयुषा इकवालको विकेट लिएकी थिइन् । रचनाकुमारी चौधरी र सीमा केसीको नाममा समान दुई विकेट रह्यो ।

 

त्यसअघि अजमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रन बनाएको हो । नेपाली टोलीका ओपनर साना प्रभिन र सावित्री धामी कृजमा जम्न सकेनन् । तर, कप्तान पूजा र उपकप्तान सोनी पाख्रिनले १५७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएकी हुन् ।

 

पूजाले प्रतियोगितामै पहिलो शतक प्रहार गरिन् । ६९ बल खेलेकी उनले १७ चौकासहित १३० रनको अविजित इनिङ्स खेलिन् । यस्तै, सोनी अर्धशतक बनाउन ७ रनले चुकिन् । ३३ बल खेलेकी उनले दुई चौकासहित अविजित ४३ रन बनाइन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...