YouTube Link

काभा महिला भलिबल नेसन्स लिग आजदेखि सुरू हुँदै, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

World Cup 2026
Facebook Link

काठमाडौं: काभा महिला भलिबल नेसन्स लिग आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सुरू हुँदैछ । उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दैछन् । खेल दिउँसो ३: १५ बजे सुरु हुनेछ ।

 

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपालले उपाधि जित्नेमा टोली आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको दुई मैत्रीपूर्ण खेलबाट कमीकमजोरी सुधारेको बताइन् । त्यस्तै, करिब एक महिनाको लामो तयारीले गर्दा पनि आफ्नो टोली अझ बलियो भएको उनको भनाइ थियो । ‘रसियासँग खेलेपछिको पछिल्लो ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रह्यौं । सहभागी अन्य राष्ट्र बलियो भएपनि उत्कृष्ट प्रदर्शनकासाथ खेल आफ्नो पक्षमा पार्ने टिमको योजना छ,’ उनले भनिन् ।

 

सात दिनसम्म चल्ने प्रतियोगितामा नेपाल र श्रीलंकासहित इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । आज नै भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग खेल्नेछ । त्यस्तै, तेस्रो खेल साउन २० गते माल्दिभ्स र लिगचरणको अन्तिम खेल साउन २१ गते इरानसँग खेल्नेछ ।

 

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...