YouTube Link

‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ, लागोस् मलाई मतलब छैन’

Facebook Link

 

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वर्खास्तीमा परेका महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताएका छन् ।

 

बुधबार पत्रकार सम्मेलनमार्फत उनले देशका विभिन्न जिल्ला घुमेर ल्याएको समीक्षा प्रतिवेदनबारे के कुरा बोल्ने र के कुरा नबोल्ने भनेर सभापति लामिछानेसँग सल्लाह गरेरै मिडियामा प्रतिवेदनका केही अंश भनेको दाबी गरे । ढकालले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मनपर्ने रवि लामिछानेहरूलाई आफ्नो शैली बालापन लाग्नु स्वाभाविक भएको बताएका छन् ।

 

‘प्रचण्ड, ओली र देउवाको शैली मनपर्ने मान्छेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्छ । लागोस् मलाई मतलब छैन’, ढकालले भने, ‘मेरो शैलीको बारेमा धेरै प्रश्नहरू उठ्यो । बच्चै छ, बालापन भयो । कार्यशैली मिलेन यावत कुराहरू उठे ।’ उनले यस्तो कुरा उठेपछि आफूले लाइभ गरौँ भनेको सुनाए । ‘मैले त भनिरहेको छु लाइभ गरौँ । कसको शैली कस्तो छ थाहा भइहाल्छ । बन्द कोठामा मुकुल बच्चा देखियो भन्ने आरोप किन लगाउनुपर्‍यो ? लाइभ गरेपछि को कति पानीमा छ देखिन्छ भनेपछि उहाँहरूले मेरो सार्वजनिक छविमाथि प्रहार हुने प्रकारले आरोप लगाउनुभयो’, ढकालको गुनासो छ ।

 

ढकालले त्यही भएर रवि लामिछाने अझै पनि उपधारा ३ को सरकार बन्ला र  सरकारमा जान पाइएला भनेर बसिरहेको बताए । ‘अझैसम्म देउवाको नेतृत्वमा ३ अनुसार सरकार बन्ला र टुसुक्क जान पाइएला भनेर बस्नुभएको छ’, ढकालको भनाइ छ ।  उनले पार्टी संगठनभित्र कसैको शैलीको आरोप भए त्यो दीपक बोहोराको शैलीमाथिमात्र आरोप लागेको बताए । साथै उनले पार्टी जोगाउन आफूलाई अधिकांश सदस्यहरूले जे हो सत्य बोल्न आग्रह गर्ने गरेको र आफू सोही अनुसार अघि बढेको बताए । उनले १९ गतेको बैठकमा लाइभको पक्षमा ओर्लेलास् भनेर रवि लामिछाने उपस्थित भएको बताए । ‘त्यो भन्दा पहिला पनि साना बैठक गरेर मेरो विपक्षमा माहोल बनाइसक्नुभएको थियो’, उनले भने, ‘लाइभ नगर्ने हो भने कालोटेप लगाएर विरोध गर्छु भनेँ ।’ उनले मूल विवाद सरकारले काम गर्न सकेन भनेर आफूले भनौँ भन्दा गृह मन्त्रालयले जति अरूले नगरेको भनेपछि आफूलाई चित्त नबुझेको बताए । ढकालले रवि लामिछानेले कुनैपनि कुराको जिम्मेवारी नलिने गरेको आरोप पनि लगाए ।

 

असार १९ गतेको केन्द्रीय समिति बैठकले महामन्त्री र प्रवक्ताबाट एक हप्ताका लागि निलम्बन गरेको रास्वपाले हिजोको बैठकबाट ढकाललाई साधारण सदस्य मात्रै बाँकी रहनेगरी सबै जिम्मेवारीबाट वर्खास्त गरेको थियो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...