YouTube Link

आदिवासी, जनजातिहरुको अधिकार संरक्षण हुन्छ: देउवा, खुरुखुरु अधिवेशन गर्ने अधिवेशन गर्न नसके घरतिर लाग्ने: महामन्त्री थापा

World Cup 2026
Facebook Link

 

काठमाडौं: लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय अधिवेशन मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । अधिवेशनको उदघाटन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन् ।

 

सम्बोधनका क्रममा देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउँदै सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए । आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने देउवाको विश्वास छ । सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाए ।

 

उनले भने, ‘तपाईंहरु आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ । आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन । छलफल गरेर उहाँहरुका मागहरू पूरा हुनेछन् । म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

 

 

यसैबीच अधिवेशनलाई सम्बोधान गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाका अध्यक्षहरूले महाधिवेशन गराउन नसक्ने भए घरतिर लाग्न निर्देशन दिएका छन् । पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर यो अवधिभित्र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

 

‘लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अधिवेशन गरिसकेपछि उहाँहरू (अधिवेशन नगर्ने भ्रातृ संस्था)ले केही भन्न पाउनुहुँदैन,’ थापाले भने, ‘खुरुखुरु अधिवेशन गर्ने अधिवेशन गर्न नसके घरतिर लाग्ने । योभन्दा अरु उपाय केही पनि हुन्न ।’ भ्रातृ संस्थाहरूले अधिवेशन गर्ने छाँटकाँट भने आफूले नदेखेको उनले सुनाए । भ्रातृ संस्थाले अधिवेशन गराउन पाएको जिम्मेवारी पूरा नगरेर सभापति र महामन्त्रीलाई दोष लगाउने गरेको थापाले बताए । ‘सबैले दोष कसलाई लगाउनुभएको छ भने मौका पाउनुभयो कि पार्टीको सभापति खत्तम, महामन्त्री खत्तम अधिवेशन नै गर्न सकेन भन्नुभएको छ,’ थापाले भने ।

 

कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये महासमिति बैठकअघि मुस्लिम संघले अधिवेशन गरेको थियो । अधिवेशन गरेर नयाँ नेतृत्व चुन्नेमा दोस्रो लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनेको छ । २०६४ सालमा स्थापना भएको आदिवासी जनजाति संघले पहिलोपटक अधिवेशन गर्न लागेको हो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

सु-शासनको जगमा समृद्धिको आकांक्षा : प्रहरी महानिरीक्षकको ‘अब बन्छ मेरो देश’

वि.सं.२०८३ जेठ ३ आइतवार ११:२७

शान्ति-सुरक्षा, अमन-चैन कायम राख्न अहोरात्र खट्दै मुलुकमा उत्पन्न हुनसक्ने आन्दोलन,...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...