YouTube Link

फाईनलमा पपुवान्यूगिनीसँग नेपाल ८६ रनले पराजित

Facebook Link

काठमाडौं: हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल पपुवान्यूगिनी (पिएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । पिएनजीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन जोड्दा १६ रन अतिरिक्त पाएको थियो । रोहित पौडेल १२, आरिफ शेख १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारीलाई इनिङको तेस्रो बलमै ४ रनमा गुमाएको नेपालका लागि तेस्रो ओभरमा कुशल भुर्तेल आउट भएका थिए ।

पिएनजीका लागि कबु मोरिया, सेमो कामिआ, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए । अलि नाओले १ विकेट लिए । पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । ओपनर टोनी उराले ६१ रनको आक्रामक इनिङ खेलेर राम्रो सुरुवात दिलाएको पिएनजीका लागि एलि नाओले आक्रामक अन्त्य गरेका थिए । मध्यक्रम भने खासै चल्न सकेन ।

ओपनर उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन जोडे । उनी १४ औं ओभरमा कुशल भुर्तेलको बलमा आउट भएका थिए । तल्लोक्रममा नाओले १० बलमा नटआउट ३० रन जोडे । उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३-३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...