YouTube Link

फाईनलमा पपुवान्यूगिनीसँग नेपाल ८६ रनले पराजित

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल पपुवान्यूगिनी (पिएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । पिएनजीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७ औं ओभरमा मात्र ८५ रनमा अलआउट भयो ।

 

नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन जोड्दा १६ रन अतिरिक्त पाएको थियो । रोहित पौडेल १२, आरिफ शेख १५ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विनोद भण्डारीलाई इनिङको तेस्रो बलमै ४ रनमा गुमाएको नेपालका लागि तेस्रो ओभरमा कुशल भुर्तेल आउट भएका थिए ।

 

पिएनजीका लागि कबु मोरिया, सेमो कामिआ, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए । अलि नाओले १ विकेट लिए । पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोड्यो । ओपनर टोनी उराले ६१ रनको आक्रामक इनिङ खेलेर राम्रो सुरुवात दिलाएको पिएनजीका लागि एलि नाओले आक्रामक अन्त्य गरेका थिए । मध्यक्रम भने खासै चल्न सकेन ।

 

ओपनर उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन जोडे । उनी १४ औं ओभरमा कुशल भुर्तेलको बलमा आउट भएका थिए । तल्लोक्रममा नाओले १० बलमा नटआउट ३० रन जोडे । उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए । नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले ३-३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...