YouTube Link

फिफा विश्वकपको दोस्रो चरणको छनोटमा कुवेतसँग नेपाल १-० गोल अन्तरले पराजित

World Cup 2026
Facebook Link
काठमाडौं: कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको होम खेलमा नेपाल पराजित भएको छ । भुटानको थिम्पुमा आज भएको खेलमा नेपाल कुवेतसँग १-० गोलको झिनो अन्तरले पराजित भएको हो ।
चाङ्लिमिथाङ रंगशालामा कुवेतलाई जित दिलाउन कप्तान बदर अल मतवाले निर्णायक गोल गरे । उनले पहिलो हाफको २८ औं मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । कप्तान बदर अल मुतावाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट डिफेन्डरलाई बिट गर्दै मध्यभागको बाहिरसम्म बल ल्याउँदै गरेको गोलरक्षक किरणले डाइभ दिएपनि बचाउन सकेनन् ।
खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम गरेको थियो । नेपालले बिरलै मात्र कुवेती हाफमा बल खेलाउन सक्यो । खेलको ४१ औं मिनेटमा नेपालले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । तेज तामाङको कर्नरमा विक्रम लामाले दिएको पासमा रोहित चन्दको प्रहार कुवेती गोलरक्षकले डाइभ दिंदै उत्कृष्ट बचाउ गरे । उक्त रिबाउन्डमा तेजको प्रहारले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलमा पछि नै रहेको थियो ।
दोस्रो हाफमा नेपालले केहि सुधारिएको प्रदर्शन गर्यो । बल पोसेसनमा केहि सुदृढ देखिएको नेपाली टोलीले विपक्षी गोलरक्षकलाई समस्या दिन भने सकेन । कुवेतले पनि केहि सटिक अवसर सिर्जना गर्दा गोलरक्षक किरण व्यस्त रहे । खेलको अन्तिम ५ मिनेट प्रशिक्षक योहान कालिनले आक्रामक रणनीति अबलम्बन गर्दै नवयुग श्रेष्ठ र सुवास गुरुङलाई मैदान प्रवेश गराएपनि गोल गर्न भने सकेन ।
नेपालले घरेलु मैदान तयार नहुँदा विश्वकप छनोटको खेल भुटानमा खेल्नुपरेको हो । नेपालले हालसम्म ५ खेलमा १ जित र ४ हार बेहोरेको छ । नेपालले छनोटमा ३ अंक जोडेको छ र पुछारबाट दोस्रो स्थानमा छ । यस जितसंगै ५ खेलमा १० अंक जोडेको कुवेत दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको अष्ट्रेलियाको ४ खेलमा १२ अंक छ भने जोर्डनले ४ खेलमा ७ अंक जोडेको छ । पुछारको ताइपेइ अंकविहिन छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...