YouTube Link

जस्मिन पेन्ट्सका ३० वर्ष: पारिवारिक लगानीबाट सुरुवात भई स्वदेशी नम्बर वान पेन्ट्सका रुपमा अगाडि बढ्दै

Facebook Link

 

काठमाडौं: आजभन्दा करिब ३० वर्ष अगाडि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरू हुने प्रक्रिया बढ्दै थियो । सोही क्रममा रंगरोगनको माग पनि विस्तारै बढ्दै थियो ।

 

चितवन भरतपुरका तीन दाजुभाई गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले अवसरको खोजी गरिरहेका थिए । ५० को दशकको सुरूमै बढ्दो आधुनिक घर निर्माणको अवसर देखेर दाजुभाईहरूबीच रङको उद्योग सुरू गर्ने सल्लाह भयो । भरतपुरमै उद्योग स्थापना भयो । अपरेसन, मार्केटिङ र सप्लाईको काम दाजुभाइमा बाँडियो । समयको आवश्यकता, अर्याल दाजुभाइको टिमवर्क र मेहनतले पेन्ट्स उद्योगमा उनीहरू सफल हुँदै गए । जसकारण ३० वर्षदेखि अनवरत यात्रामा छ जस्मिन पेन्ट्स ।

 

सामान्य पारिवारिक पृष्ठभुमि अनि सामान्य लगानीबाट सुरू भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ । मुलुकभरका करिव ६० जिल्लाका एक हजार डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेको छ । अहिले उद्योगमा मात्रै दुई सयभन्दा बढीले रोजगारी पाएका छन् । उद्योगले हालै ताइवानको इन्नोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याबोरेसन पार्टनरशीप समेत गरेको छ । भविष्यमा नवीन प्रविधि र उपभोक्ताको माग अनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ ।

 

अवार्ड र सर्टिफिकेसन

वि.सं. २०५१ बाट पेन्ट्स उत्पादन सुरू गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसुदन अर्याल बताउँछन् । उनका अनुसार उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको छ । यसबीचमा कम्पनीका उत्पादनले आईएसओ गुणस्तर चिह्न ९००१:२००० सर्टिफिकेसन पाइसकेको छ । यस्तै जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआईडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड-लण्डन’ र ‘नेपाल बेस्ट ब्राण्ड लिडरशीप अवार्ड-२०१८’ पाइसकेको छ । साथै भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ ।

 

दैनिक २० टनसम्म उत्पादन क्षमता

सुरूवाती समयमा दैनिक एक टनमात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ । जस्मिन पेन्ट्सका हालका अत्याधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि ‘कूल पेन्ट्स’, रोयल ग्लेज, वेदर केयर रहेका छन् भने भित्ती भित्ताका लागि होम, ट्रिम, म्याजोलिका ईमल्सन रहेका छन् । यस्तै अन्य रङ्गरोगनका लागि आवश्यक इनामेल,डिस्टेमर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा बिक्री हुँदै आएको छ । साथै आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरि काम भइरहेको कम्पनीका नेशनल सेल्स म्यानेजर डिल्लीराम पौडेलले बताए ।

 

सामाजिक उत्तरदायित्व

उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत खासगरी बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको छ । साथै मिसीका फाउन्डेसनमार्फत विभिन्न स्कुलहरूमा पनि सहयोग गर्दै आइरहेको छ । २०७२ को भुकम्प पछि पर्यटकको लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिँदै जस्मिन पेन्ट्सको झन्डा सगरमाथामा फहराइएको थियो । साथै विश्वकै ठूलो ढाका टोपी निर्माण गरी सो को विभिन्न मेला र पर्वहरूमा प्रदर्शन गर्दै आएको अर्याल बताउँछन् । वार्षिकोत्सवका अवसरमा उद्योगले रक्तदान तथा विभिन्न सहयोग लगायतका सामाजिक काम गरिने अर्यालले जानकारी दिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...