YouTube Link

नरेन्द्र मोदी स्टेडियममा भारत र पाकिस्तानबीच भिडन्त

Facebook Link

 

एजेन्सी: आइसिसी विश्वकप २०२३ मा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा  हुनेछ ।

 

विश्वकपको सबैभन्दा बढी प्रतिक्षा गरिएको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पाकिस्तानको बाबर आजम र भारतको रोहित शर्माले कप्तानी गर्नेछन् । भारतले अघिल्लो महिना एसिया कपमा पाकिस्तानलाई २२८ रनले हराएको थियो ।

 

भारत एसिया कप जित्दै उच्च मनोबलका साथ विश्वकप खेल्न आएको छ । विश्वकपमा पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

 

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै श्रीलंकालाई पाकिस्तानले ६ विकेटले हराएको थियो । श्रीलंकालाई हराउदा पाकिस्तानले ३४५ रनको विशाल लक्ष्य पूरा गरेको थियो । त्यसैको कारण पाकिस्तानको मनोबल उच्च छ ।

 

भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै पाकिस्तानलाई हराउन चाहन्छ । पाकिस्तान भारतलाई घरेलु मैदानमा हराउँदै उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ । भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम दुई प्रमुख ब्याटर हुन् । विश्वमा यी दुई ब्याटरमा को उत्कृष्ट भन्ने चर्चा चल्दै आएको छ ।

 

आजको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको प्रदर्शनले पाकिस्तानको योगफल धेरै निर्भर पार्नेछ ।

 

पाकिस्तानको टोली :

फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।

 

भारतको टोली

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...