YouTube Link

नरेन्द्र मोदी स्टेडियममा भारत र पाकिस्तानबीच भिडन्त

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

एजेन्सी: आइसिसी विश्वकप २०२३ मा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा  हुनेछ ।

 

विश्वकपको सबैभन्दा बढी प्रतिक्षा गरिएको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पाकिस्तानको बाबर आजम र भारतको रोहित शर्माले कप्तानी गर्नेछन् । भारतले अघिल्लो महिना एसिया कपमा पाकिस्तानलाई २२८ रनले हराएको थियो ।

 

भारत एसिया कप जित्दै उच्च मनोबलका साथ विश्वकप खेल्न आएको छ । विश्वकपमा पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

 

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै श्रीलंकालाई पाकिस्तानले ६ विकेटले हराएको थियो । श्रीलंकालाई हराउदा पाकिस्तानले ३४५ रनको विशाल लक्ष्य पूरा गरेको थियो । त्यसैको कारण पाकिस्तानको मनोबल उच्च छ ।

 

भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै पाकिस्तानलाई हराउन चाहन्छ । पाकिस्तान भारतलाई घरेलु मैदानमा हराउँदै उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ । भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम दुई प्रमुख ब्याटर हुन् । विश्वमा यी दुई ब्याटरमा को उत्कृष्ट भन्ने चर्चा चल्दै आएको छ ।

 

आजको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको प्रदर्शनले पाकिस्तानको योगफल धेरै निर्भर पार्नेछ ।

 

पाकिस्तानको टोली :

फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।

 

भारतको टोली

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...