फ्रान्स र पोर्चुगल युरोकप २०२४ का लागि छनोट
वि.सं.२०८० असोज २७ शनिवार ०९:५१
1.6K
shares
काठमाडौं: फ्रान्स र पोर्चुगल युरोकप २०२४ का लागि छनोट भएका छन् । फ्रन्सले नेदरल्याण्ड्स र पोर्चुगलले स्लोभाकियालाई हराउँदै युरोकपका लागि छनोट भएको हो ।
समूह ‘बी’को खेलमा शुक्रबार नेदरल्याण्ड्सलाई २–१ ले हराउँदै फ्रान्स युरोकपमा छनोट भएको हो । भने समूह ‘जी’को पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले हराउँदै अर्को वर्ष जर्मनीमा हुने युरोकपमा स्थान पक्का गरेका हुन् ।
फ्रान्सले खेलको सातौं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । एमबाप्पेले ५३औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाएका थिए । खेल सकिन ७ मिनेटअघि हार्टमेनले गोल गर्दै नेदरल्याण्ड्सलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन भने सकेनन् ।
फ्रान्स छनोटको खेल अगावै युरोकपमा छनोट भएको हो । समूह ‘बी’मा फ्रान्सले उत्कृष्ट नतिजा आत्मसाथ गर्यो । छनोटका ६ वटै खेलमा जित निकाल्दै फ्रान्स युरोकपमा छनोट भएको हो ।
यसैगरी शुक्रबार भएको अर्को खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलको जित सम्भव बन्यो । गोन्कालो रामोसले पोर्चुगलका लागि पहिलो गोल गरेपनि रोनाल्डोले पेनाल्टी सहित दुई गोल गरेका थिए । उनले अन्तराष्ट्रिय फुटबलमा गोल संख्यालाई १२५ पुर्याएका छन् ।
स्कोभाकियाका डेविड हेन्को र स्टानिस्लाव लोबोटकाले एक एक गोल गरेपनि टोलीको हार टार्न भने सकेनन् । छनोटका सबै ७ खेलमा पोर्चुगलले जित निकाल्दै युरोपकपका लागि छनोट भएको हो ।
वि.सं.२०८० असोज २७ शनिवार ०९:५१



















