YouTube Link

पार्टीको नाम फेर्दै नेकपा माओवादी केन्द्र

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने निर्णय गरेको छ । विभिन्न वामपन्थी दलसँग पार्टी एकता गर्न पहल गरिरहेको माओवादी केन्द्रले पार्टीको नाम फेर्न लागेको हो ।

 

माओवादी केन्द्रले लामो समयदेखि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपालगायतसँग एकताका लागि पहल र छलफल गर्दै आएको छ ।

 

पार्टीको नाम फेर्नेबारे आगामी महाधिवेशनमा छलफल गरेर ठोस निर्णय लिन सकिने माओवादी केन्द्रको भनाइ छ । माओवादी नाम राख्दा अन्य वामपन्थी दलले प्रचण्ड नेतृत्वको दलसँग एकता नगर्ने भएकाले नाम फेर्ने उक्त पार्टी तयार भएको हो ।

 

तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्दा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चुनाव चिन्ह एमालेको सूर्य राखेका थिए । पछिल्लो समयमा गत भदौ २५ गते बसेको माओवादी केन्द्रका पदाधिकारीको बैठकले नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टभित्र रहेको माओवादी केन्द्र नामबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिने निर्णय गरेको छ ।

 

तत्कालका लागि  वर्तमान सत्ता गठबन्धन जोगाउन र दीर्घकालीन रुपमा पार्टी एकता गरेर ठूलो शक्ति बन्ने उद्देश्यका राखेर चार दलले मोर्चाले सन्देशसभा गर्दै आएका छन् । उनीहरुसँग समाजवादी मोर्चा गठन गरेर एक चरणको प्रदेशस्तरीय कार्यक्रमसमेत गरेका छन् ।

 

हाल समाजवादी मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति रहेको छ । समाजवादी मोर्चा नेपालले सात वटै प्रदेशमा मोर्चा गठनको निर्णय गरेको छ भने केहि प्रदेशमा गठनसमेत भइसकेका छन् ।

 

यस अगाडि पनि पार्टीको नाम र चुनाव चिह्न फेर्न माओवादी केन्द्रका मातहतका कमिटीसँग सुझाव माग गरेको थियो । माओवादी केन्द्रको यस अगाडि कै बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वको कार्यदलले पनि पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न सकिने सुझाव दिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...