YouTube Link

१५औं नाडा अटो शोमा सवारीसाधन बुकिङले व्यवसायी उत्साहित

Facebook Link

 

काठमाडौं: भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा १५औं नाडा अटो शो-२०२३ जारी छ । अटो शोमा उपस्थित भएका अवलोकनकर्ताहरूको संख्या र सवारीसाधन बुकिङले व्यवसायीहरू उत्साहित देखिएका छन्‌ ।

 

भदौ ३१ गतेसम्म चल्ने अटो शोमा विभिन्न ब्राण्डका सवारी साधनहरूको प्रदर्शनीमा राखिएको छ । शोमा पहिलो दिनदेखि नै अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति छ । अटो शोमा उपस्थित भएका अवलोकनकर्ताहरूको संख्याले उत्साह थपिएको अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्ष ध्रुव थापा बताउँछन् ।

 

आर्थिक मन्दीको समयमा अटो शो नगर्नु भन्ने धेरैले भन्ने गरेको सुनाउँदै अध्यक्ष थापाले भने, ‘हामीले अटो शो गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने भयो । अटोमोबाइल क्षेत्रमा अर्थतन्त्र चलायमान बनाउन धेरै नै गतिविधिहरू समावेश हुन्छन् । लाखौँ करोडौं कारोबार हुने गर्छ । यो शोले अर्थतन्त्र चलायमान बनाउन मद्दत पुर्याउँछ भन्नेमा हामी ढुक्क छौं ।’ नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्दै गइरहेको छ । पहिलो दिनको बुकिङको संख्या हेर्दा पनि एकदमै राम्रो रहेको उनको भनाइ छ ।

 

आर्थिक मन्दीका कारण गाडीको व्यापार खुम्चिएको महिन्द्राका लागि नेपालको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नी इन्कर्पोरेटमा सेल्स डिपार्ट हेर्ने विनोद बिडारी गुनासो गर्छन् । उनी भन्छन्, ‘आर्थिक मन्दीको असर एकदमै परेको छ । पहिलो हामीले एक महिनामै ३०/४० वटा गाडीहरू डेलिभरि गर्ने गर्थ्यौ । तर, १५/२० वटामा खुम्चिएर बस्नु परेको छ ।’

 

अटो शोमा भएको ग्राहकको उपस्थितले गाडीको व्यापारमा सकारात्मक लक्षण देखाएको हुण्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डिलरसिप हेड दिवाकर रेग्मी बताउँछन् । उनी भन्छन्, ‘अहिलेको हिसावमा हेर्ने हो भने सवारीको व्यापार केही कम भएको हो । तर, अटो शोमा भएको उपस्थितले राम्रो लक्षणहरू देखाएको छ । यसले हामीलाई आशा जगाएको छ ।’

 

गाडी खरिद गर्न चाहाने ग्राहकहरूलाई आर्थिक मन्दीले कुनै असर नगरेको पारामाउन्ड मोटर्सका डिलरसेल्स हेड विपुल चन्द्र भट्टराई बताउँछन् । उनले भने, ‘कोरोनाका कारण लामो समयदेखि नाडा अटो शो भइरहेको थिएन । तर, यस वर्षको शोमा सुरुको दिनदेखि नै बाक्लो उपस्थिति रहेको छ । इन्डष्ट्रीको साइज घटेको छ । जसले गाडी किन्न खोजिरहेको छ; उहाँहरूलाई आर्थिक मन्दीको असरले भने छोएको जस्तो देखिएको छैन । यसले गर्दा गाडी बिक्री गर्न सहज हुँदै जाने देखिएको छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...