YouTube Link

अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने माओवादीको निर्णय

Facebook Link

 

काठमाडौं: नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी भएको उनले बताए ।

 

मोदी गत माघ ३ गते मन्त्री बनेका थिए । मोरङ क्षेत्र नम्बर ४ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए ।

 

उनी २०७० को दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सांसद बनेका थिए । उनी माओवादी जनयुद्धमा भूमिगत राजनीति गरेका नेतासमेत हुन् ।

 

सिके राउत नेतृत्वको जनमत पार्टी यसअघि पनि सरकारमा सहभागी भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको जनमतले भागबन्डामा उक्त मन्त्रालय नपाएपछि असन्तुष्टि जनाएको थियो ।

 

जनमतका उपाध्यक्ष अब्दुल खानलाई खानेपानी मन्त्री बनाइए पनि उनी धेरै दिनसम्म मन्त्रालय गएका थिएनन् । पछि मन्त्रालयमा पदभार सम्हालेका उनले चैत १७ गते मन्त्रीबाट राजीनामा दिएका थिए । संसदमा जनमत पार्टीका ६ सांसद छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...