YouTube Link

उपाधि दावेदार मानिएका ठूला टिम समूह चरणबाटै बाहिरिए

World Cup 2026
Facebook Link

 

काठमाडौं: अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबल अन्तर्गत समूह चरणमै एकपछि अर्को अप्रत्यासित नतिजाहरु आएका छन् ।

 

समूह ‘एच’ अन्तर्गत मोरक्कोले कोलम्बियालाई १-० गोलले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्‍यो । मोरक्कोले डेब्यु प्रतियोगितामै प्रि-क्वार्टरफाइनलको यात्रा तय गरेको हो । जर्मनीसँग ६-० को पराजय भोगेको मोरक्को समूह चरणबाटै बाहिरिने अनुमान भएपनि मोरक्कोले कोलम्बियालाई स्तब्ध पारेको थियो ।

 

मोरक्कोले अन्तिम १६ को यात्रा तय गर्दा दुई पटकको विजेता जर्मनी भने दक्षिण कोरियासँग १-१ गोलको बराबरी खेल्दा समूह चरणबाटै बाहिरियो । त्यसैगरी, समूह ‘एफ’ अन्तर्गत ब्राजिललाई बराबरीमा रोक्दै जमैका पनि नकआउट चरणमा प्रवेश गर्‍यो । जमैकाले फ्रान्ससँग पनि गोलरहित बराबरी खेलेको थियो । ब्राजिल सन् १९९५ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो ।

 

पहिलो खेलमै नर्वेलाई १-० ले पराजित गर्दै सनसनी मच्चाएको सह-आयोजक न्यूजिल्यान्डले भने विश्वकपमा डेब्यु गरेको फिलिपिन्ससँग १-० को पराजय भोग्दा समूह चरणबाटै बाहिरियो । अर्को सह-आयोजक अस्ट्रेलियाले पनि समूह ‘बी’ अन्तर्गत क्यानाडालाई ४-० ले पराजित गर्‍यो । यस समूहमा नाइजेरियाले अस्ट्रेलियालाई ३-२ ले पराजित गर्दै अप्रत्यासित नतिजा निकाल्यो र अघिल्लो चरणमा प्रवेश गर्‍यो ।

 

साविक विजेता अमेरिका अपराजित हुँदै समूह ‘ई’ बाट नकआउट चरणमा प्रवेश गरे पनि समूहको उपविजेता बन्नु पर्‍यो । दक्षिण अफ्रिकाले समूह ‘जी’ को उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्दा इटालीलाई ३-२ पाखा लगायो । यससँगै इटाली समूह चरणबाटै घर फर्कियो ।

 

यता समूह ‘डी’ मा रहेको सन् १९९९ उपविजेता चीन भने इंग्ल्यान्डसँग ६-१ तथा डेनमार्कसँग १-० पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...