YouTube Link

दोलखामा पहिरो जाँदा ४ जना वेपत्ता

World Cup 2026
Facebook Link

 

काठमाडौं: दोलखाको गौरीशंकर गाउँपालिका-७ मार्बुमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । बिहीबार साँझ पहिरो जाँदा  स्थानीय करिब ५५ वर्षीय कृष्णबहादुर मगर, उनकै श्रीमती देवी मगर, अर्का वृद्ध हरिलाल श्रेष्ठ र ३ वर्षीय  बालक प्रिन्स थामी बेपत्ता भएका हुन् ।

 

सदरमुकामबाट उत्तरी क्षेत्रमा अवस्थित मार्बुमा झरेको पहिरोमा तीनजना गम्भीर घाइते भएका छन् । स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सरिता थामी घाइते भएका हुन् । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं लगिँदै छ । उत्तरी गौरीशंकर गाउँपालिका-७ मार्बु गाउँको टोपाटार बस्तीमा बिहीबार साँझ  खारेतर्फको भीरबाट बस्तीमा पहिरो झरेको थियो ।

 

पहिरोले बस्तीका ५ घर पुरेको मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयले बेपत्ताको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । रासस

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...