इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तान ‘ए’ भिड्दै
वि.सं.२०८० असार २९ शुक्रवार ०८:०५
1.8K
shares
काठमाडौं: श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले आज कोलम्बो क्रिकेट क्लबको मैदानमा पाकिस्तान ‘ए’ सँग खेल्दैछ ।
समूह ‘ए’ को खेल नेपाली समय अनुसार बिहान सवा १० मा हुनेछ । पाकिस्तानको ‘ए’ टोली रहेतापनि टोलीमा केही चर्चित अनुहार समेत रहेका छन् ।
पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ‘ए’ टोली रहेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन् । नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रदै छ ।
गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो । जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाल र पाकिस्तान ‘ए’ रहेका छन् ।
नेपालले दोस्रो खेलमा सोमबार भारत ‘ए’ सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ‘ए’ सँग खेल्नेछ ।
यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।
नेपालको टोली:
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
पाकिस्तानको टोली:
मोहम्मद हरिस, ओमैर बिन युसुफ, अमद बट, अर्शद इकबाल, हसिबउल्लाह, कमरन घुलाम, मेहरान मुमताज, मुबासिर खान, मोहम्मद वासिम जुनियर, क्वास अक्रम, शहिबजादा फहरान, सैम अयुब, शाहनजाद दाहानी, सुफियान मकीम र तयाब ताहिर ।
वि.सं.२०८० असार २९ शुक्रवार ०८:०५




















