Rajshow Bivag

गायक तथा अभिनेता रोविन तामाङको अन्त्येष्टि आज

Departmant of helth services

 

काठमाडौं: गत मंगलबार आफ्नै घरमा मृत फेला परेका गायक तथा अभिनेता रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ  ।

 

रोविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो ।

 

अन्तिम श्रद्धाञ्जलीका लागि रोविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिने छ ।

 

गत मंगलबार साँझ तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।

 

रोविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए । नेपाली रक गायनलाई समाजसँग जोड्ने मामिलामा उनको योगदान महत्वपूर्ण मानिन्छ ।

 

रोविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के-२’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

 

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

 

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
बालमन्दिरको जग्गा हिनामिना आरोपमा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिरको जग्गा हिनामिना आरोपमा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:२५

  काठमाडौं: बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनकी...

हेर्नुहोस् आज २०८१ बैशाख २७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २७ बिहीवार ०६:१५

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

महेश मुखिया सुनुवार र दिपानारायण झाको ‘जापानी टाईफन साडी सिफन’को म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

महेश मुखिया सुनुवार र दिपानारायण झाको ‘जापानी टाईफन साडी सिफन’को म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २६ बुधवार १६:५६

  काठमाडौं: गायक महेश मुखिया सुनुवार र वरिष्ठ गायिका दिपानारायण...

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

बाबुराम भट्टराईको ‘खान्छ मुटु कुटुक्कै’ बोलको म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८१ वैशाख २६ बुधवार १४:४८

  काठमाडौं: गायक  बाबुराम भट्टराई र रोजिना बस्नेतको आवाजमा 'खान्छ...

सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २६ बुधवार १०:५९

  काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस...

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

वि.सं.२०८१ वैशाख २६ बुधवार ०७:०५

  काठमाडौं: आज मातातीर्थ औँसी मनाइँदैछ । जन्मदिने आमाप्रति श्रद्धा,...