YouTube Link

‘बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने’ जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित गरेको छ । हिजो र आज बसेको जिल्ला सभापतिहरूको बैठकले ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने’ प्रतिबद्धता  गरेको हो ।

 

बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिको भेलाले १२-१४ बुँदे प्रतिबद्धता गरेका जानकारी दिए । उनले भने, ‘महामन्त्रीहरूले बैठक नबोलाउँदा किन नगर्ने भनियो, अहिले विधानले दिएको व्यवस्था अनुसार बोलाउँदा किन बोलाएको भनिँदै रहेछ ।’

 

महामन्त्री शर्माले जिल्ला सभापतिहरूको भेला पार्टी सभापतिलाई जानकारी नदिईकन गरियो भन्ने कुरा बेकारको भएको बताए । उनले सभापतिलाई जानकारी दिएर भेलाको आयोजना गरिएको प्रष्ट पारे ।

 

‘सभापतिसित कतिपय विषयमा फरक मत हुँदै गर्दा विगतको प्रचलन भनेको होटलमा भेला गर्ने, सभापतिविरुद्ध एक प्रकारको धारणाहरु सार्वजनिक गर्ने हुने गरेको थियो’, महामन्त्री शर्माले भने,’अहिले सभापतिहरूको भेला केन्द्रीय कार्यालयमा भइरहेको छ र पार्टीको क्रियाशील सदस्यहरुलाई कसरी व्यवस्थित बनाउने, सबै तहको सम्मेलनहरु गरेर जाने भन्ने विषयमा कुरा भएको छ । यसमा कसैले पनि आशंका नगरौँ ।’

 

महामन्त्री शर्माका अनुसार भेलामा क्रियाशील सदस्य र पार्टी संगठकको सम्मेलनको विषयमा छलफल भएको छ । ‘जिल्ला सभापतिहरूले पनि कुन कुन काम कसरी कसरी लिएर कार्यकर्तामा जाने भन्ने विषयमा साझा ढंगको प्रतिबद्धता ल्याउँदै हुनुहुन्छ । पार्टीलाई चलायमान बनाउने गरी छलफल भएको छ’, उनले भने ।

 

महामन्त्री शर्माले सम्मेलनमा राष्ट्रिय राजनीति, जिल्लाको विषयमा छलफल भएको र जिल्ला सभापतिहरूले आफ्ना गुनासा सुनाएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...