YouTube Link

एसइईको नतिजा असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) यही असार तेस्रो साताभित्र प्रकाशित गर्ने तयारी गरेको छ ।

 

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए ।

 

उनले भने, ‘अहिले नतिजा भेरिफाइ भइरहेको छ, यही असार तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने हाम्रो तयारी छ ।’ २०७९ सालको एसइई परीक्षा गत चैत १७ गते (शुक्रबार) देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

 

परीक्षा बोर्डका अनुसार एसइई परीक्षामा ५ लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका छन् । एसइई परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति खटिएका थिए ।

 

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थासँग आवेदन माग गरेको छ । बोर्डले बुधबार एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भन्दै सार्वजनिक सूचना जारी गरेको हो ।

 

सूचना अनुसार संघ, संस्था वा कम्पनी प्रचलित कानूनबमोजिम दर्ता भएको हुनुपर्नेछ । संघ, संस्था वा कम्पनी भ्याट प्यानमा दर्ता भएको हुनुपर्नेछ । एसएमएसबाट प्रकाशनका लागि एकमुष्ट ४० हजार, वेबसाइटबाट प्रकाशनका लागि एकमुष्ट २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि एकमुष्ट ६० हजार, एसएमएस, आईभीआर र वेबसाइट सेवाका लागि एकमुष्ट एक लाखका दरले सेवा उपलब्ध गराउने प्रयोजनका लागि राजश्व बुझाउनुपर्नेछ ।

 

‘असार १३ गते दिनको १ बजे प्रस्तावदाताको रोहबरमा प्राप्त प्रस्तावहरु परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० भक्तपुरमा खोलिनेछ, प्रस्ताव पेश गर्दा खामबाहिर एसएमएस, आईभीआर तथा वेबसाइट सेवासम्बन्धी प्रस्ताव भनी स्पष्ट उल्लेख गर्नुपर्नेछ,’ सूचनामा उल्लेख छ ।

 

परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा प्रकाशन गरेपछि मात्र नतिजासम्बन्धी विवरण उपलब्ध गराइने र नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१औं दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...