YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेलहरु हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो लेगको नवौं चरण अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र दुई खेल दशरथ रंगशालामा हुनेछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

 

जावलाखेल आज दशौँ जितको योजनामा हुनेछ । जावलाखेल २१ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । एपीएफ आठौं जितको खोजीमा हुनेछ । एपीएफ २१ खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुईबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

 

चर्च ब्वाइज ११ औं जितको खोजीमा हुनेछ । चर्च ब्वाइज २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । संकटा छैटौं जित चाहन्छ । संकटा २१ खेलमा २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

 

यस्तै च्यासल मैदानमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

आर्मी आठौं जितको लक्ष्यमा हुनेछ । आर्मी २१ खेलमा ३९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । मछिन्द्र दशौँ जितको लक्ष्यमा रहेको छ । मछिन्द्र २१ खेलमा ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछ ।

 

यस पटकको लिगमा कुल १८२ खेलहरु हुनेछ । लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

 

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

 

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...