YouTube Link

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ अभियुक्तको आजदेखि अदालतमा बयान सुरु हुँदै

Facebook Link

 

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका १६ अभियुक्तको आजदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश समक्ष बयान सुरु हुँदैछ ।

 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा लाखौँ ठगी गरेको अभियोगमा पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा पाँच कसुरमा मुद्दा दर्ता गरिएको छ ।

 

प्रतिवादीमध्ये १४ जना भने फरार छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । पक्राउ परेका १६ प्रतिवादीले आजदेखि अदालतमा बयान दिन सुरु गर्नेछन् । अदालतमा बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुनेछ ।

 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत उच्च पदस्थ व्यक्ति पनि छन् । उनीहरूले अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ असुलेको अभियोग छ ।

 

जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोगपत्रमा अभियुक्तहरूविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुर लगाइएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...