YouTube Link

अमेरिका पठाउने भन्दै ८१ जनाबाट १३ करोड ६३ लाख ठगी

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । विसं २०७७ देखि हालसम्म नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनि ८१ जना पीडितबाट करिब र रु १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको छ ।

 

नक्कली शरणार्थी बन्न फारम भर्नुपर्ने भन्दै प्रतिव्यक्ति रु २० लाखसम्म असुलेको पाईएको छ । उनीहरुले आफ्नो सम्पर्कमा आएका र उनीहरुको चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी तिनका आफन्त र नातागोतालाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनी प्रलोभनमा फसाएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

 

उनीहरुले पीडितबाट त्यसरी लोभमा फसाएर प्रतिव्यक्ति रु १५ देखि २० लाख लिने गरेका थिए । यसरी फाराम भरेका सबै नेपाली नागरिक रहेको अनुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ ।

 

उनीहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको भन्दै गृह, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णय देखाएर विश्वासमा पार्ने गरेको पनि खुलेको छ ।

 

लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गर भन्दा पीडकले उल्टै ज्यान मार्नेसम्मको धम्की दिएको पाईएको छ । त्यसपछि ८१ जना पीडित प्रहरीकामा आइपुगेका हुन् ।

 

ठगी भएको रकम संकलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएको छ । पीडितले ६५ लाखभन्दा बढी रकम ती व्यक्तिको खातामा जम्मा गरेको भेटिएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

 

पीडितमध्ये १० जनाभन्दा बढीका नाममा गृह मन्त्रालयका नाममा सरकारी लोगो समेत प्रयोग गरी शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धी कार्यदलका सदस्यको समेत मिलेमतो रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

 

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । उक्त घटनामा अन्य व्यक्तिसमेत संलग्न रहेको आशंकामा खोजी पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ सीतापाखा हाइट बस्ने वर्ष ५० का सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भई हाल ललितपुरको धापाखेल बस्ने वर्ष ४९ का केशवप्रसाद दुलाल र पाँचथरको फिदिम घर भई हाल ललितपुरको धापाखेल बस्ने ४५ वर्षका टंककुमार गुरुङ रहेका छन् ।

 

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । (इकागज)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...