इंग्लिस प्रिमियर लिगः म्यानचेस्टर सिटीको सानदार जित
वि.सं.२०७९ फागुन १४ आइतवार ०७:२९
1.6K
shares
एजेन्सी: घरेलु टोली बर्नमाउथमाथि सानदार जित हात पार्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी छोट्याएको छ ।
सिटीले बर्नमाउथलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्सनलसँगको अंक दुरी दुईमा नै कायम राखेको हो । सिटीले एक खेल बढी खेलेको छ ।
सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । बर्नमाउथका जेफर्सन लेर्माले एक गोल फर्काए ।
खेलको १५औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अग्रता लिएको सिटीले २९औं मिनेटमा हालान्डको गोलबाट अग्रता दोब्बर पार्यो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए ।
खेलको ४५औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी पहिलो हाफमा ३–० को स्थितिमा अघि बढ्यो । ५१औं मिनेटमा क्रिस मेपामले आत्मघाती गोलपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो ।
त्यसपछि खेलको ८३औं मिनेटमा जेफर्सनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि थप गोल निस्कन नसक्दा सिटीले जित हात पार्यो ।
जितसँगै सिटी २५ खेलबाट ५५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको आर्सनलको ५७ अंक छ । पराजित बर्नमाउथ २४ खेलबाट २१ अंक जोडेर १९औं स्थानमा छ ।
वि.सं.२०७९ फागुन १४ आइतवार ०७:२९



















