त्रिविमा अध्ययनरत विद्यार्थीलाई सनराइज बैंककोआर्थिक सहयोग
वि.सं.२०७९ माघ १९ बिहीवार १५:५७
1.6K
shares
काठमाडौं: सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच आर्थिक सहयोग सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय एमविएसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको हो ।
देशैभरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यले बताए ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सो हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल लगायत त्रि.वि.वि.का अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
वि.सं.२०७९ माघ १९ बिहीवार १५:५७




















