Rajshow Bivag

राष्ट्रपतिको निर्वाचनबारे संविधान र ऐनमा भएको व्यवस्थालाई लिएर अनेकन टिका टिप्पणी

Departmant of helth services

 

काठमाडौं: दलीय स्वार्थका कारण राष्ट्रपतिको निर्वाचनबारे संविधान र ऐनमा भएको व्यवस्थालाई लिएर अनेकन टिका टिप्पणी भइरहेका छन् ।

 

राष्ट्रिपति निर्वाचन मौजुदा कानूनी व्यवस्था हेर्ने हो भने निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रपतिको कार्यकाल सकिनु एक महिना अगावै निर्वाचन हुनुपर्ने प्रावधान छ ।

 

यसलाई आधार मान्दा राष्ट्रपतिको निर्वाचन माघ २९ भित्र भइसक्नुपर्ने देखिन्छ । राष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार माघ २९ गते भित्र नयाँ राष्ट्रपतिका लागि निर्वाचन भइसक्नुपर्ने हुन्छ । तर, सरकार र राजनीतिक दलहरु भने कानूनी छिद्र बढाउँदै आफु अनुकुलको निर्वाचन मिति खोजिरहेका छन् ।

 

यस्तो अवस्थामा अहिलेसम्म निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडी बढाइसक्नुपर्ने हो । तर राष्ट्रपतिको निर्वाचनको बिषयमा न सरकार ततेको छ न त राजनीतिक दलहरु नै ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सहमतिको राष्ट्रपतिको नाराले नेपाली कांग्रेस र नेकपा एमालेलाई जुधाएर आफु अनुकुलको व्यक्तिलाई राष्ट्रपति बनाउने ध्याउन्नेमा लागेका आरोप समेत लागिरहेको छ ।

 

आफु अनुकुलको माहोल नबन्दासम्म राष्ट्रपतिको निर्वाचन गर्न प्रधानमन्त्री प्रचण्डले तदारुकता देखाउने अवस्था छैन् । यस्तोमा समयमै राष्ट्रपतिको निर्वाचन हुनेमा विपक्षी दल नेपाली कांग्रेसले आशंका गरिरहेको छ ।

 

यता, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोग पनि सरकार अनुकुलको माहोल कुरेर बसेको देखिन्छ ।

 

संविधानको धारा ६३ को उपधारा १ र २ मा राष्ट्रपतिको कार्यकाल ५ वर्ष हुने र उपधारा ९१० बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म यस संविधान बमोजिम कार्य सम्पादन गर्नेछ भनिएको छ ।

 

तर, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ मा राष्ट्रपतिको निर्वाचन मिति तोक्नेसम्बन्धी व्यवस्था गरिएको छ ।

 

कानूनी तालमेलमै छिद्र देखिएपछि संविधानमा भएको व्यवस्था र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ मा भएको व्यवस्थालाई देखाउँदै संविधानले दुई राष्ट्रपतिको परिकल्पना नगरेकाले कार्यकाल सकिनु अगावै निर्वाचन हुन नहुने तर्क पनि सुनिएका छन् ।

 

विश्वका शक्तिशाली मुलुक अमेरिकाकै नजिरलाई नियाल्दा पनि त्यहाँ कार्यकाल सकिनु अगावै निर्वाचनबाट नयाँ राष्ट्रपति चुनिन्छ । तर दलहरुले यस्ता निराधार बिषयलाई देखाएर कानूनलाई अपव्याख्या गर्दै आएको भन्दै आचोलना पनि भइरहेका छन् ।

 

आफु अनुकुल कानूनी व्याख्याले समग्र कानून कार्यान्वयन क्षेत्रमा जटिलता बढ्दै गएको छ । दलहरुले कानूनका बाह्य सिंग भन्ने भाष्य जसरी आफु अनुकुल कानूनी व्याख्या गर्न खोज्दा कानूनी राज्यको उपहास भएको बुझ्न गाह्रो छैन ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...