Texas College
YouTube Link

सिरहाको मिर्चैयामा तनावग्रस्त, ६ राउण्ड हवाई फायर

Facebook Link

 

काठमाडौं: सिरहाको मिर्चैयास्थित सगरमाथा माध्यामिक विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएपछि त्यहाँ तनाव भएको छ ।

 

शुक्रबार विद्यालयमा औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिट दिएपछि छात्राको मृत्यु भएको थियो । कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका ११ भलुवाहीकी १५ वर्षीया सिर्जना कुमारी महराको शनिबार राति उपचारको क्रममा फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको सिरहा प्रहरीले जानकारी दिएको छ ।

 

सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्युपछि आइतबार बिहानै स्थानीय, अविभावक र विद्यार्थीले नाराबाजी गर्दै विद्यालयमा तोडफोड गरेका थिए । तोडफोडमा विद्यालयमा क्षति पुगेको छ ।

 

आइतवार बिहान १० बजेदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग उनीहरु अवरुद्ध पारेका छन् । विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैयामा ढुंगामुढा समेत गरेको प्रहरीले जनाएको छ ।

 

तोडफोडपछि स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली पुगेको थियो । छात्रालाई पानी माग्दा स्प्रिड दिएकी शिक्षिका अम्बिका लम्साललाई प्रहरी कार्यालय लगिएको छ ।

 

आक्रोशित भीडले प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड ग्यास सेल प्रहार गरेको छ ।

 

शिक्षिका अम्विका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

विद्यार्थीलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल उपचारको क्रममा मृत्यु भएको थियो  । महिनावारी भएर पेट दुखेपछि छात्राले विद्यालयमा औषधि र पानी मागेकी थिइन् ।

 

शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा लगिएको छ। शिक्षिकामाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...