Rajshow Bivag

ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिन्छन्: पूर्वराजदुत दिपकुमार उपाध्याय

Departmant of helth services

 

बुटवल: नेपाली कांग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गरेका छन् ।

 

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वराजदुत उपाध्यायले एमालेले  राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे ।

 

भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी काँग्रेस सहित अन्य दलहरु समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए । कार्यक्रममा वोल्दै उपाध्यायले भने, चरम ‘कू’ राजनितिक मौलाउँदै गएकाले विरक्त भएर आफु अहिले सक्रिय राजनीतिबाट बिश्राम लिएको समेत बताए ।

 

उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनितिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनिति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गरेको आरोप लगाए ।

 

नेपालमा गठबन्धन लोकतन्त्र मुल्य मान्यता बिपरित भएको उल्लेख गर्दै  पूर्व मन्त्री समेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नु पर्ने भएपनि पछि विदेशी शक्तिहरुले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर देशमा अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरुको दुरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेको बताउदै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने ठोकुवा गरे ।

 

प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरुले महत्वपूर्ण पदमा दाबी गर्नु स्वाभिक रहेको बताउदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको  अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...